सेयर गर्नुहोस्
भदौ, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।
नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
गाैतम राष्ट्रिय सभा सदस्यमा सिफारिस भए सँगै अर्थमन्त्री डा. युवराज खतिवडा पदमुक्त हुनेछन् । उनकाे राष्ट्रिय सभा सदस्यकाे कार्यकाल समाप्त भइसकेको छ । उनी संविधानत् ६ महिना मन्त्री बन्न पाउने समय पनि भदौ २० मा समाप्त हुदैछ ।