बिर्तामोड, १७ भदौ । बिर्तामोडमा एकैदिन ६ सय ५६ जनाको स्वाबको नमुना संकलन गरिएको छ ।
बिर्तामोड नगरपालिकाले एकैदिन उक्त संख्याका सिटी तथा टेम्पो चालकहरुको स्वाबको नमुना संकलन गरिएको नगरका कोभिड संयोजक ओमबहादुर खड्काले बताए ।
‘टेम्पो चालकहरु धेरै जोखिममा छन्, उनीहरुको स्वाब संकलन गरेर पठाएका छौं’, उनले भने ।
बिर्तामोड क्षेत्रभित्र रहेका क्वारेन्टिनमा पनि सेवा पर्याप्त मात्रामा दिइरहेको नगरप्रमुख धुुुुुुुुुुुुुर्बकुमार शिवाकोटीले बताए ।
जसका कारण बिर्तामोड अरु पालिकाको तुलनामा केही सुरक्षित रहेको उनको दावी छ ।
उनले नगरपालिकाको कोरोना संक्रमण तथा रोकथाम समितिको समन्वयमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले अहोरात्र काम गरिरहेकोमा प्रसंसा समेत गरे ।
टेम्पो तथा सिटी रिक्सा चालकहरुका कारण आवतजावत गर्ने मानिसहरु पनि जोखिममा थिए । अब त्यसको जाखिम कम हुने बिश्वास नगरपालिकाको छ ।
अब चालकहरुले पनि सवारी साधन चलाउँदा पीसीआर रिपोर्ट अनिबार्य देखाउनु पर्ने छ ।