सेयर गर्नुहोस्
झापा, भदौ १७: झापाको बिर्तामोडका थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बजार क्षेत्रका व्यवसायीको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
रत्न सुपर मार्केटका सुनचाँदी व्यवसायीको परिवारका दुई जना सदस्यामा संक्रमण देखिएपछि दुई सय जनाको परीक्षण गरिएको थियो । तीमध्य व्यवसायीतर्फ चार जना र एनआइसी बैकका एक जना कर्मचारीमा कोरोना देखिएको विर्तामोड नगरपालिकाका काोरोना फोकल पर्सन ओम खड्काले बताए ।
यसअघि आजै झापाको बिर्तामोडमा एक जना बालकसहित तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । आज एकै दिन बिर्तामोडका आठ जनामा संक्रमण भेटिएको छ ।