रहिनन् एकैपटक चार सन्तानलाई जन्म दिएकी आमा

सेयर गर्नुहोस्
  • 8
    Shares

धनुषा, भदाै १७
चम्ल्याहा बच्चा जन्माएकी धनुषाकी महिलाको मृत्यु भएको छ।

धनुषाको विदेह नगरपालिका-७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ चार शिशुलाई जन्म दिएकी थिइन्।

प्रसूति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चाहरू निकालेकी हुन्।

उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छन्। चम्ल्याहा बच्चाको जन्म दिएकी अरमानाको अवस्था भने गम्भीर भएको थियो। उनको फोक्सोमा पानी तथा रगत जमेर पलमन्ड्री एडिमा देखिएकोले डाक्टर अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उपचारका क्रममा मुटुमा पनि समस्या देखिएपछि बुधबार दिउँसो उनको मृत्यु काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले जानकारी दिए। 

अरमानाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि शव परिवारले बुझेको छ।

अरमानाले शल्यक्रियामार्फत् मंगलबार राति तीन छोरी र एक छोरालाई जन्म दिएकी थिइन्।