कमलमा थप ६ जनामा काेराेना

सेयर गर्नुहोस्
  • 20
    Shares

झापा, भदौ १७: झापाको कमल गाउँपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे सँगै कमलमा संक्रमितकाेे संख्या ३१ पुगेको छ । पिसिआर रिर्पोट अनुसार ३ पुरुष र ३ महिला गरी जम्मा ६ जनामा कोरोना देखिएको हो ।

गत भाद्र १५ गते ६६ जनाको स्वाब संकलन गरी पठाइएकोमा आज थप ६ जनामा कोरोना पुष्टि भएको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले बताए ।आज संक्रमण देखिएका कमल ३ केर्खाका स्थानीय हुन् ।

यो सँगै कमलमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । आज संक्रमण देखिएका सबै कमल ३ केर्खाका हन् ।