सरकारले फेरि बढायो पेट्रोलको मूल्य

सेयर गर्नुहोस्
  • 14
    Shares

काठमाण्डाैँ, भदाै १६
सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन । त्यतिबेला मूल्य घटाएपनि प्रयोगकर्ताले लाभ नपाउने तर्क गरिएको थियो ।

तर, अहिले भने निषेधाज्ञा भारतबाट मूल्य बढेर आएको दिनमै मूल्य बढाउने निर्णय भएको छ ।