सेयर गर्नुहोस्
झापा, भदाै १६
दमकमा थप ९ जना संक्रमित थपिएका छन् । भदाै १२ गते दमकमा स्वाब संकलन गरिएका १ सय १६ मध्ये ९ जनामा संक्रमण देखिएकाे हाे ।
संक्रमित मध्ये ७ जना समुदायका छन भने २ जना क्वारेन्टाइनमा बसेका हुन् । दमक नगर क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भटराइले संक्रमितकाे संख्या १ सय ६ पुगेकाे जानकारी दिए । दमकमा समुदाय स्तरमा संक्रमण फैलिएकाे छ । लकडाउन प्रभावकारी पालन नहुँदा दिनहुँ जसाे संक्रमित थपिएका छन । दमकमा निषेधाज्ञा भएपनि पसल, बैँकहरूमा भिड बढेकाे छ ।