दमकमा ९ जनाकाे रिपाेर्ट अझै हाेल्डमा

सेयर गर्नुहोस्

झापा, भदाै १६
भदाै १२ गते दमकमा स्वाब संकलन गरिएका १ सय ७ जनाकाे रिपाेर्ट नेगेटिभ आएको छ । साेमबार एक सय जनाकाे नेगेटिभ आएकोमा आज अरू ७ जनाकाे नेगेटिभ देखिएकाे हाे । अझै ९ जनाकाे रिपाेर्गट आउन बाकीँ रहेकाे दमक क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भट्टराइले जानकारी दिए ।

साे दिन १ सय १६ जनाकाे स्वाब संकलन गरिएकाे थियाे । दमकमा समुदाय स्तरमा काेराेना संक्रमण बढेसँगै लकडाउन र निषेधाज्ञा लागु गरेपनि प्रभावकारी कार्यान्वयन भएकाे छैन ।