प्रदेश १ का सामाजिक विकास मन्त्रीलाई काेराना

सेयर गर्नुहोस्
  • 17
    Shares

विराटनगर, भदौ १५: प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ ।

प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला भएको थियो । सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

शनिबार साझदेखि घिमिरे निवासमै रहेेेेका छन्न ।मन्त्री घिमिरेले आफ्नो स्वास्थ अवस्था सामान्य रहेको जनाए ।