एनआरएन र नेपालमा अध्ययनरत विदेशी विद्यार्थीलाई आउन दिने सरकारको निर्णय

सेयर गर्नुहोस्

काठमाण्डाै, भदाै १५
सरकारले सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगको सिफारिसमा गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाल आउन दिने भएको छ। 

मन्त्रिपरिषदको आइतबारको बैठकले गम्भीर प्रकृतिका बिरामी परी उपचार गर्नुपर्ने तथा एकाघरको आफन्तको निधन भएको अवस्थामा एनआरएनहरूलाई नेपाल आउन दिने निर्णय गरेको हो। 

‘अफ्ठेरोमा पनि नेपाल आउन पाइएन भन्ने गैरआवासीय नेपालीको गुनासो आएकाले यो निर्णय गरेका हौँ,’ अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले भने।

यस्तै नेपालमा परीक्षा दिन आउनुपर्ने विदेशी विद्यार्थीलाई पनि सम्बन्धित शिक्षण संस्थाको सिफारिसमा नेपाल आउन दिन निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ।