प्रदेश १ मा थपिए ५६ नयाँ संक्रमित

सेयर गर्नुहोस्
  • 10
    Shares

विराटनगर भदाै १५

पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरुमा सुनसरीमा २६ जना छन् भने मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा पछिल्लो २४ घण्टामा ६ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको छ । कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिलामा संक्रमण देखिएको छ ।

यस्तै, मोरङको विराटनगरमा ५ महिला र ६ पुरुष, लेटाङमा १ महिला र ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला र ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला र २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ ।

प्रदेश १ बाट आज ५४ जना डिस्चार्ज भएका छन् । वी.जेनरल आईसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२, इलाम अस्पताल आईसोलेसन केन्द्र, इलामबाट १८ र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल सम्म १ हजार ५८९ जना कोरोनामुक्त भएका छन् ।

प्रदेश १ मा आज १ हजार ३९२ जनाको कोरोना परीक्षण गरिएएको छ । परीक्षण गरिएका मध्ये १७ महिला र ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हाल सम्म ८८ हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।