दमक र कमलमा भदौ २० सम्म निषेधाज्ञा

सेयर गर्नुहोस्
  • 194
    Shares

झापा, भदौ १४:जिल्ला प्रशासन कार्यालय झापाले दमक र कमल गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ । भदौ १४ गते राति १२ बजेदेखि भदौ २० सम्म निषेधाज्ञा जारी गरेको हाे । दुबै स्थानीय तहले संक्रमण राेक्नका लागि निषेधाज्ञा लगाउन जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेका थिए । समुदाय स्तरमा संक्रमण बढेसँगै सतर्कता अपनाउन दुबै स्थानीय तहले शनिबारदेखि लकडाउन कडा पारेका थिए । कमल र दमकका १/१ जना संक्रमितकाे मृत्युु भएको थियोे । दमकमा मात्रै ९७ जनामा संक्रमण देखिऐकाे छ । तीमध्ये धेरै समुदायस्तरमा संक्रमण देखिएको हाे ।