सेयर गर्नुहोस्
झापा, भदाै १३: स्थानीयले गौरीगञ्ज ४ भवानीपुर स्थित सीमा प्रहरी चौकी घेराउ गरेका छन । किसानलाई मल ल्याउन नदिएकाेमा विराेध जनाएका हुन । प्रहरीले सीमा नाकाहरुबाट ब्यापारीहरुलाइ सामान ल्याउन दिएको अाराेप स्थानीयकाेे छ ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक गणेश भट्टराइ र गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ लगायतको टोलि घटनास्थल पुगेको र समस्या समाधानको पहल भइरहेको छ ।
समस्या समाधानका लागि पहल भइरहेको बेला स्थानिय महिलाहरुको एक समुहले मदिराले बिजृति ल्याएकोले मदिरा बेच्न पाइदैंन भन्दै बार्ता स्थलमा पसेर बिरोध गरेकाछन् । बिहान समस्या समाधान बारे छलफल गरिने कुरा प्रहरी निरिक्षक भट्टराइले बताएकाछन् ।