रिपाेर्टमा ढिलाइः सेनाले खाेसेर लग्याे संक्रमितकाे शव

सेयर गर्नुहोस्

पथरी, भदाै १३
माेरङकाे पथरी शनिश्चरे नगरपालिका २ का ६१ बर्षिय पुरूषकाे शनिबार न्युराे अस्पतालमा निधन भयाे । त्यसपछी उनकाे गरिएकाे स्वाब परिक्षण रिर्पाेट पाेजेटिभ देखियाे ।

परिवारले शव बुझिसकेका थिए । दाहसंस्कारका लागिदै गरेकाे शव सेनाले जिम्मा लिएर अन्त्याेष्टि गरिएकाे छ ।  

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३ भदौमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । मुटुसम्बन्धी रोगबाट पीडित उनको शनिबार मृत्यु भयो । उनको बिहीबार स्वाब संकलन गरिएको भएपनि शनिबार मृत्यु भइसकेपछि पोजेटिभ रिपोट आएको पथरी शनिश्चरे नगरपालिकाका मेयर दीलिप राईले जानकारी दिए । त्यसबेलासम्म आफन्तले  शव लगिसकेकका थिए ।

कोरोना नगेटिभ देखिएको भन्दै आफन्तले शव लगेको तर पोजेटिभ रिपोर्ट आएपछि प्रशासनलाई खबर गरेको न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए ।

लगतै नेपाली सेनाको टोलीले बाटोबाटै शव लगेर अन्त्येष्टि गरेको मेयर राईले बताए ।