दमकका एकै परिवारका ५ जनामा संक्रमण, मालपाेतका १ कर्मचारी पनि संक्रमित

सेयर गर्नुहोस्

दमक, भदाै १३
दमकमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यरत कर्मचारीको परिवार सबैमा कोरोना संक्रमण देखिएको हो । आजकाे रिर्पाेट अनुसार ती कर्मचारीका ४ जना परिवारका सदस्यमा समेत संक्रमण देखिएकाे छ । उनी सहित परिवारका ५ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै दमक मालपोत कार्यालयका एक जना कर्मचारीमा समेत संक्रमण देखिएको छ । आज रिर्पोट आएका मध्ये एक जना मात्रै क्वारेन्टाइनमा बसेका हुन् । नेपाल प्रहरीमा कार्यरत एक जना मात्रै क्वारेन्टाइनमा बसेको पाइएको दमक क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भट्टराइले जानकारी दिए । दमकमा समुदाय स्तरमा कोरोना संक्रमण बढेसँगै नगरपालिकाले निषेधाज्ञाका लागि जिल्ला प्रशासन कार्यालय, झापामा सिफारिस गरेको छ । आइतबारदेखि दमकमा बिहानमात्रै दैनिक उपभोग्य बस्तुको विक्री बितरण हुने छन्, अरु सबै पसल बजार बन्द रहने छन् ।