सेयर गर्नुहोस्
दमक नगरपालिकामा पीसीआर गरिए मध्ये ८ जनाकाे रिपोर्ट नेगेटिभ आएकाे छ । अझै पीसीआर जनाको रिपोर्ट अाउन बाकी रहेको छ । शुक्रबारकाे रिपोर्टमा बाकी रहेका ८ जनाकाे मात्रै रिपोर्ट अाएकाे हाे । यसै विच दमकमा पीसीआर मेसिन खरिदका लागि सहजीकरण गर्न समिति बनेको छ । दमक उद्योग वाणिज्य संघले संघकै पुर्व अध्यक्ष प्रकाश प्रसाईंकाे संयाेजकत्वमा समिति बनाएकाे हाे । समितिले सहयोग जुटाउने, सम्भाब्यता अध्ययन गर्ने जिम्मेवारी पाएकाे छ ।