कमलमा लकडाउन कडा, निषेधाज्ञाका लागि सिफारिस

सेयर गर्नुहोस्
  • 3
    Shares

झापा, भदौ १३: झापाको कमल गाउँपालिकामा लकडाउनमा कडाइ गरिने भएको छ । शनिबार बिहान बसेकाे कार्यालिका बैठकले अाइतबारदेखि भदौ २० गते राति १२ बजेसम्म निषेधाज्ञा गर्न जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको छ । साे अवधिमा दैनिक उपभाेग्य सामान बिहान ९ बजेसम्म मात्रै खुला हुनेछ । केर्खा बजारमा भने कुनै पसल खाेल्न नपाइने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए । कमलमा समुदाय स्तरमा काेराेना संक्रमण बढेपछि अत्यावश्यक बाहेक सबै पसल बजार बन्द गर्ने निर्णय भएको उनले बताए । कमलमा शुक्रबार मात्रै ९ जना समुदाय स्तरमा संक्रमण देखिएको थियोे । कमल ३ का एक बृद्धकाे काेराेनाकै कारण मृत्युु भएको थियोे ।