अब वीपी प्रतिष्ठानमा फाेनबाटै स्वास्थ्य सेवा

सेयर गर्नुहोस्

 धरान, भदाै १२
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इन्टरलन मेडिसिन विभागले निःशुल्क टेलिफोन स्वास्थ्य पराशर्म सेवा (टेलिफोन ओपिडी) उपलब्ध गराउने भएको छ ।

कोभिड १९ संक्रमण फैलिदै गएपछि प्रतिष्ठानले ओपिडी सेवा बन्द गरेपछि कोभिड बाहेकका विरामीहरु समस्यामा परेका छन् । यही कुरालाई मध्यनजर गर्दै प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागले टेलिफोन स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने निर्णय गरेको हो । विभागले भदौ १४ गतेदेखि यो सेवा शुरु गर्ने जनाएको छ । बिहान १० बजेदेखि १ बजेसम्म यो सेवा उपलब्ध हुनेछ ।

मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जिव कुमार शर्माले बिशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क टेलिफन परामर्श सेवा उपलब्ध गराउने दिनको तालिका पनि सार्वजनिक गरेका छन् । साथै उनले टेलिफोनमा सम्पर्क गरेर निःशुल्क स्वास्थ्य परामर्श सेवा लिन पनि आग्रह गरेका छन् ।

सार्वजनिक भएको तालिका अनुसार सोमबार र बिहिबार प्रा.डा.सञ्जिकुमार शर्माको टेलिफोन सेवा उपलब्ध हुनेछ भने सोमबार र बुधबार रविन मास्केको सेवा उपलब्ध हुनेछ । यस्तै, बुधबार र शुक्रबार डा.सोनिया दुलालको टेलिफोन ओपिडी हुनेछ भने आइतबार र बिहिबार डा.भुपेन्द्र साह हुनेछन् । सोमबार र बिहिबार डा. रोशन क्षेत्री, मंगलबार र शुक्रबार डा.प्रशान्तमणी त्रिपाठी र डा.अगराज उप्रेतीको टेलिफोन ओपिडी सेवा हुनेछ ।