लहानकी संक्रमितकाे विराटनरमा मृत्यु

सेयर गर्नुहोस्

विराटनगर, भदाै १२
विराटनगरमा उपचाररत सिरहा, लहानकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो ।

उनलाई बिहीबार बेलुकी उक्त केन्द्रमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार ती महिलामा फोक्सोसम्बन्धी समस्यासमेत थियो ।

चिकित्सकको निगरानी र हेरचाहमा रहेकै बेला बिहान अचानक श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको र भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा उनको मृत्यु भएको केन्द्रले जनाएको छ । प्रदेश १ मा शुक्रबार मात्रै ३ संक्रमितकाे निधन भएकाे छ ।