दमकमा १७६ काे रिपोर्ट नेगेटिभ, २४ जनाको आउन बाकी

सेयर गर्नुहोस्

झापाको दमक नगरपालिकाबाट स्वाब संकलन गरी पठाइएका २०० जनामध्ये १७६ जनाको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आएको छ ।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिए ।
२४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । बाँकी रिपोर्ट आजै आउन सक्ने उनले बताए । अहिले सम्म दमकका ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४१ जनाले कोरोना जितिसकेका छन् ।