दमकमा युवाले शुरु गरे,साबुन सर्फ उद्योग

सेयर गर्नुहोस्
  • 977
    Shares

झापा, भदौ १२
दमकका ४ जना युवाहरुले सर्फ, साबुन उद्योग शुरु गरेका छन् । बिभिन्न पेशमा संलग्न युवाहरुले सगरमाथा बहुद्देशीय उद्योग शुरु गरेका हुन् ।
एक करोड रुपैयाँको लगानीमा मालपोत कार्यालय नजिकै उनीहरुले उद्योग शुरु गरेका हुन् । सर्फ, भाडा माझ्ने तरल साबुन, हरपिक, फिनायल, गाडी धुने लिक्वीड सहित बिभिन्न उत्पादन गर्ने सन्चालक लक्ष्मी अधिकारीले बताए ।
स्थानीय युवालाई रोजगारी र स्थानीय उत्पादनलाई प्रोहत्सान गरिने अर्का सन्चालक नारायण मुर्मुले बताए । भदौ २५ गतेदेखि औपचारिक रुपमा उत्पादन शुरु गर्ने लक्ष्य कम्पनीको छ ।