सरकारले भन्याे- लक्षण नभएका विरामीलाई १४ दिनमै डिस्चार्ज, नभए खर्च बेहाेरिन्न

सेयर गर्नुहोस्


काठमाण्डाै, भदाै १०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणविहीन र सामान्य लक्षण भएका बिरामीहरूलाई १४ दिनभन्दा बढी नराख्न सबै कोभिड अस्पतालहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सबै कोभिड अस्पतालहरूलाई लक्षणविहीन र सामान्य लक्षण भएका बिरामीलाई १० दिनमा पिसिआर परीक्षण गरी डिस्चार्ज गर्न परिपत्र जारी गरेको छ।

साथै १० दिनमा परीक्षण गर्दा पुनः पोजेटिभ देखिए १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न भनिएको छ। मन्त्रालयले सो अवधिभन्दा बढी संक्रमितलाई अस्पतालमा राखे त्यसको खर्च सरकारले नब्यहोर्ने जनाएको छ।

अहिलेसम्म कोरोना संक्रमितको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्दै आएको छ। पछिल्लो समय भने संक्रमितको संख्या बढेका कारण अस्पतालहरूमा बेड अभाव हुने भन्दै सरकारले लक्षणविहीन र सामान्य लक्षणका संक्रमितलाई सकेसम्म होम आइसोलेसनमा बस्न भनेको छ।