सेयर गर्नुहोस्
झापा, भदौ १०
दमकमा समुदायमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । दमकमा वित्तिय संस्था, टेलिकम, औषधी व्यवसायी फेरि पनि संक्रमित भेटिएका छन् ।
आजको रिर्पोट अनुसार होम क्वारेन्टाइनमा बसेका २ जना, नेपाल टेलिकमका कर्मचारी १ जना, लघु बित्तका ३ जना कर्मचारी, १ जना अस्पतालकाे निगरानीमा रहेका बिरामी, २ जना औषधी व्यवसायीमा संक्रमण देखिएको छ । यस्तै ६ जना भने कन्ट्याक ट्रेसिङ परेका समुदायका ब्यक्ति रहेको दमक क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भट्टराईले बताए । अहिले सम्म दमकमा ८२ जनामा संक्रमण देखिएको छ । ती मध्ये धेरै समुदायका छन् । दमकमा संक्रमणको जोखिम बढेसँगै लकडाउन कडा पारिएको छ ।