आज दमकमा थपिए १५ संक्रमित

सेयर गर्नुहोस्
  • 307
    Shares

दमक, भदाै १०
आज दमकमा १५ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै दमकमा संक्रमितको संख्या ८२ पुगेको छ । दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भटटराईले समुदाय र क्वारेन्टाइनमा रहेकामा संक्रमण देखिएको बताए । दमकमा संक्रमितको संख्या ह्वातै बढेसँगै २ साता लकडाउन गरिएको छ । दमकमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएसँगै स्थानीय सरकारले सर्तकता अपनाउन आग्रह गरेको छ ।