महाेत्तरीका संक्रमितकाे विराटनगरमा निधन

सेयर गर्नुहोस्
  • 4
    Shares

विराटनगर, साउन १० महाेत्तरीका ६० वर्षीय काेराेना संक्रमित पुरूषकाे विराटनगरमा मृत्यु भएकाे छ ।

उनकाे विराटनगरकाे न्यूराे अस्पतालमा मृत्यु भएकाे अस्पतालका  कोभिड –१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटीको संयोजक रंजीतराज बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार मृतककाे भदाै ७ गते काेाराेना पाेजेटिभ भएकाे पुष्टि भएकाे थियाे । उनी साउन ३१ गते देखि अस्पतालमा भर्ना भएका थिए । उनकाे भदाै ३ गते नै स्वाब सँकलनका लागि पठायएकाे थियाे । उनी न्यूराेमा हाटखुट्टा एवंम शरिर चलाउन नसक्ने भएर भर्ना भएका थिए । उनमा टाउकाेमा समेत गम्भिर समस्या देखिएकाे चिकित्सकले बताएका छन् ।

उनका संक्रमण रहेकाे जानकारी पाउने बित्तिकै अस्पतालकै आइसाेलेसन कक्षमा उपचार हुँदै गर्दा ज्यान गएकाे बताइएकाे छ । मँगलवार राती ११ बजे मृत्यु भएकाे उनकाे शव व्यवस्थापनकाे कार्यका लागि प्रशासनलाइ जानकारी दिएकाे र अहिले प्रक्रिया जारी रहेकाे बस्नेतले जानकारी दिए ।