काठमाण्डाैँमा एक साता निषेधाज्ञा थपिने

सेयर गर्नुहोस्

काठमाण्डाै, भदाै ९
उपत्यकाका मेयर र प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेका छन् ।

कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी, मेयर र प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे छलफल भएको बताए । उनले भने, ‘निषेधाज्ञा के गर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।’ यद्यपि, एक अधिकारीले भने निषेधाज्ञाबारे ‘माथिको आदेश’ उपत्यकाका सीडीओहरुले पर्खिएको बताए ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् ।

उपत्यकाका सीडीओहरुले ३ भदौको मध्यरातिबाट लागू हुने गरी एक साताको निषेधाज्ञा लागू गरेका थिए । जुन बुधबार सकिँदैछ ।