धरानका हार्डवेयर व्यापारीको कोरोना सङ्क्रमणबाट मृत्यु

सेयर गर्नुहोस्
  • 18
    Shares

धरान : धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धरान-८ का अर्का कोरोना सङ्क्रमितको पनि मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार धरान-८ निवासी ६८ वर्षीय पुरुषको अहिले साँझ ६:३५ मा मृत्यु भएको हो ।

उनी बीपीमा पहिलो प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने संक्रमित व्यक्ति हुन् । उनी धरानमा जग्गा तथा हार्डवेयरका परिचित व्यापारी पनि हुन् ।