गाैरादहमा भदाै २२ सम्म लकडाउन, वार्ड कार्यालय समेत बन्द(सूचना सहित)

सेयर गर्नुहोस्

गाैरादह भदाै ७,

गाैरादह नगरपालिका भदाै २२ सम्म लकडाउन हुने भएको छ । अाैषधी र खाद्यान्न बाहेक सबै पसल बन्द हुने छन् । बिहान ६ बजेदेखि १० बजेसम्म खाद्यान्न पसल खुल्नेछन । गाैरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले समुदायमा काेराेना संक्रमण थप फैलन नदिन यस्तो निर्णय गरिएको बताए । अब नगरका सबै वार्ड र नगरपालिका बन्द हुने छन् । उनका अनुसार अत्यावश्यक कामका लागि नगरपालिकाकाे पास अनिवार्य हुनेछ । समुदायमा थप संक्रमण बढ्न नदिन सर्तकता अपनाउन भनेका छाै, भण्डारीले भने, अत्यावश्यक स्वास्थ्य सेवा बाहेक नगरले प्रदान गर्ने सबै सेवा बन्द हुने छन् । गाैरादहकाे विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीलाई काेराेना संक्रमण देखिएपछि नगरमा लकडाउनकाे निर्णय भएको हाे ।