दमकका एक ब्याक्तिको कोरोना संक्रमणबाट मृत्यु

सेयर गर्नुहोस्
  • 204
    Shares

दमक भदाै ७,

कोरोना संक्रमण पुष्टि भएका झापाका एक ब्याक्तिको मृत्यु भएको छ । दमक १ का एक ब्याक्ति उपचारका लागि काठमण्डौस्थित ह्याम्स हस्पिटलमा उपचारका लागि गएका थिए । उनलाई त्यहाँ जाँचको क्रममा कोराना देखिएको थियो । अहिले उनको परिवारको कन्ट्याक्ट ट्रेसिङ लगायतको काम दमकमा शुरु भएको बताईएको छ ।

मृतक पुरुष हुन् । कोरोना संक्रमणका कारण दमकमा अहिलेसम्म कसैको पनि मृत्यु भएको थिएन । उनि पहिलो हुन् । दमकमा पछिल्लो समयमा समुदायमा कोरोना सक्रमण फैलिदो अवस्थामा रहेको छ । मृतकका परिवारका सदस्यहरु दमकमा नै रहेको जनाईएको छ ।

यसैबीच आइतवार दमकमा कोरोना संक्रमित संख्या बढेको छैन । नयाँ रिर्पोट नआएको बताईएको छ ।आइतबार देशभर ८१८ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३१ ह्जार हजार ९३२ पुगेको छ। दमकमा लकडाउन एकसाताका लागि थप भएको छ ।