कमलमा अाजै थपिए ३ संक्रमित, समुदायमा जाेखिम बढ्यो

सेयर गर्नुहोस्
  • 89
    Shares

झापा, भदाै ७

झापाको कमलमा अाज ३ जना समुदायका ब्यक्तिमा काेराेना संक्रमण देखिएको छ । पहिलो पटक समुदाय स्तरमा एक वृद्धलाई संक्रमण देखिए पछि हाल क्वारेन्टाईन बाहिरका व्यक्तिलाई पनि संक्रमण देखिने क्रम बढेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्का अनुसार आईतबार थप ३ जना समुदायका व्यक्तिमा संक्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङ गर्दा बृद्धका आफन्त र दुई जना व्यवसायीमा संक्रमण देखिएको हो । विद्युत प्राधिकरणका एक कर्मचारी सहित हाल सम्म कमलमा ८ जनामा संक्रमण भईसकेको छ । संक्रमण फैलिए पछि गाउँपालिकाले लकडाउन लागु गरेको छ । कमलमा साउन १३ सम्म लकडाउन छ ।