गाैरादहमा २ जनालाई काेराेना, अाजदेखि शिल गरिदै

सेयर गर्नुहोस्

मिलन अधिकारी गाैरादह, भदाै ७ । गाैरादह नगरपालिकामा २ जनालाई काेराेना संक्रमण भेटिएकाे छ । गाैरादह बिजुलि अपिसमा कार्यरत १ कर्मचारि र कृषि क्याम्पसकाे क्वारेन्टिनमा रहेका १ गरि २ जनामा संक्रमण पुष्टि भएकाे हाे । साउन २८ गते उनीहरुकाे पिसिअार परिक्षण गरिएको नगर स्वास्थ्य सहसंयाेजक गाेविन्द श्रेष्ठले जानकारी दिए । कर्मचारी भने केही दिन अघि कचनकवलबाट गाैरादह अाएका थिए ।

यसैबिच गाैरादहमा काेराेना संक्रमण भएपछि नगरपालिकामा अापतकालिन बैठक बाेलाईएकाे छ । नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले ३ बजे बस्ने बैठकले नगर क्षेत्र शिल गर्ने निर्णय गर्ने बताए । उनलेे सबैलाई घर भित्र बस्न अाग्रह गरेका छन् ।