अनलाइन खबरका ९ पत्रकारमा काेराेना पुष्टि

सेयर गर्नुहोस्
  • 11
    Shares

काठमाण्डाै, भदाै ७
कोरोना महामारी बढिरहेका बेला पछिल्लो पटक सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुमा पनि संक्रमण पुष्टि भएको छ ।

अनलाइन खबरमा कार्यरत ९ जना पत्रकारलाई कोरोना भाइरस रोग पुष्टि भएको हो।

स्रोतका अनुसार फोटो पत्रकारसहित काठमाडौंस्थित डेस्कमा कार्यरत ९ जना पत्रकारलाई कोरोना पुष्टि भएको छ।

सुरुमा एक जनालाई कोरोना संक्रमण भएपछि उनको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ ।

स्वाब लिइएकामध्ये केहीको रिपोर्ट आउन बाँकी छ ।