साेमबार दुबईमा रोकिएका नेपाली आइतबार आउन पाउने

सेयर गर्नुहोस्

काठमाण्डाै, भदाै ६
 गत सोमबार दुबईमा रोकिएका नेपाली नागरिक आगामी आइतबार नेपाल र्फकन पाउने भएका छन् । यसअघि गत सोमबार दुबईमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज दुबई पुगेको थियो ।

तर, सरकारले विदेशबाट नेपाल आउन रोक लगाएसँगै विमानस्थलमा आइपुगेका नेपालीलाई समेत छाडेर जहाज रित्तै र्फकनु परेको थियो । सोही उडानको काठमाडौंबाट दुवईको लागि २३५ यात्रु तथा १५ टन कार्गो लिएर जहाज उडेको थियो ।

उक्त उडानबाट नेपाल आउन नपाएका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज आगामी आइतबार (२३ अगस्ट)मा दुबई जान लागेको नेपाली एयरलाइन्सी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुवईबाट काठमाडौं उडानका लागि टिकट लिइसकेका यात्रुहरुका लागि उडान हुन लागेको हो ।