दमक, भदाै ६
दमक नगरपालिकाले भदाै १३ गतेसम्म एक साता लकडाउन थपेकाे छ । लकडाउनमा बैँक बित्तिय संस्था, सहकारी सबै बन्द हुने छन् ।
औषधी पसलका सन्चालकलाई समेत कोरोना देखिएपछी सावधानी सहित औषधी पसल खोल्न भनेको छ । यस्तै पूर्व बुक भएका तर ढुवानी गर्नै पर्ने समान भए नगरपालिकाको अनुमतिका बेलुका ५ बजे पछी मात्रै ढुवानी गर्न भनिएको छ । यस्तै अण्डा, दुध पनि बिहान ९ बजे दमक बाहिर पठाउनुपर्ने उल्लेख गरेको छ । यसैगरि दमकमा दुध डेरी र ग्याँस पसल पनि बिहान ९ बजेसम्म बन्द गर्न निर्देशन दिएको छ । सरकारी, संस्थान सबै बन्द गर्न निर्देशन दिएको छ । दमकको टेलिकम, मालपोत र विद्युत प्राधिकरणका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । यस्तै दमकमा निर्माण भइरहेकाे सभाहल, भ्यु टावरका काम समेत राेक्न निर्देशन दिएकाे छ । अस्पतालले इमरजेन्सीबाहेकका सेवा बन्द गर्न, क्लिनिक समेत बन्द गर्न भनेकाे छ ।
दमकमा बिगतको लकडाउन भन्दा अघिल्लो साता लकडाउन कडा पारेको थियो । दैनिक ३ पटक सम्म नगर प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरीले बजारको अनुगमन गरेका थिए । दमकमा संक्रमण देखिएका ६६ जना मध्ये ४७ जना भने उपचारमा छन् । द