भेन्टिलेटर नहुँदा वार्ड अध्यक्षले ज्यान गुमाए

सेयर गर्नुहोस्
  • 3
    Shares

धरान, भदाै ६

सुनसरीको कोशी गाउँपालिकाका वार्ड नम्बर २ का अध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ ।

गाउँपालिका अध्यक्ष एयूव अन्सारीका अनुसार हृदयघात भएर धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदै गर्दा यादवको अवस्था नाजुक भएको थियो । विपीमा भेन्टिलेटर नभएको हुँदा उनलाई वेड खाली भएको अस्पताल झापाको बिएनसी पुर्याइएको थियो । आफन्त चिकित्सक रहेको हुँदा त्यहाँ उपचार सेवा लिन पुर्याइँदा ढिला भइसकेको चिकित्सकले जानकारी दिएको अन्सारी बताए ।

अध्यक्ष अन्सारीकाअनुसार ४९ वर्षीय यादवले विगत डेढ वर्षदेखि मुटुरोगको औषधी सेवन गरिरहेका थिए । कोशी गाउँपालिकाबाट धरान भन्दा विराटनगर लग्न छिटो हुने हुँदा विराटनगरमा भेन्टिलेटर भए नभएको खोज्दा कहिँ नपाइएको र धरान पठाइएको उनले बताए । धरानमा समेत नपाएर झापा पुर्याउन खोज्दा उनको मृत्यु भएको अन्सारीको भनाइ छ । उनले जनप्रतिनिधले नै अक्सिजनसहितको भेन्टिलेर वेड नपाउँदा मर्ने दिन आएको भन्दै सर्वसाधारणको अवस्था के होला ? भन्दै प्रश्न गरे ।