दमकमा एक साता लकडाउन थप

सेयर गर्नुहोस्

झापा, भदाै ६
झापाको दमकमा आजदेखी थप एक साता लकडाउन हुने भएको छ । साउन ३२ गते बिहान ६ बजेदेखि दमकमा लकडाउन एक साताका लागि घाेषणा गरिएकाे थियाे । थप एक साता लकडाउन गर्ने निर्णय भएकाे छ ।

नगरपालिकामा आज बसेको सर्वपक्षीय छलफलमा अधिकाङ्श सहभागीहरुले थप एक साता लक डाउन लम्ब्याउन सुझाव दिएका थिए । दमकमा काेराेना संक्रमण समुदाय स्तरमा फैलिएपछी लकडाउन गरिएकाे थियाे । दमकमा ६६ जना संक्रमित फेला परेेका छन । विद्युत प्राधिकरण, मालपाेत कार्यालय, टेलिकमका कमर्चारीमा संक्रमण देखिएकाे थियाे । यस्तै फार्मेसीका सन्चालकमा समेत देखिएकाे छ । दमकमा अब पीसीआर परिक्षणलाइ तिब्रता दिने नगरपालिकाकाे निर्णय छ ।