दमक फार्मेसीका स्वास्थ्यकर्मीमा काेराेना संक्रमण

सेयर गर्नुहोस्

झापा, भदाै ६
झापाको दमकको दमक फार्मेसीका सन्चालकलााइ काेराेना संक्रमण देखिएकाे छ । कोरोना संक्रमण देखिएपछि फार्मेसी शिल गरिदै छ ।

दमकमा निकै चलेकाे याे फार्मेसीका स्वास्थ्यकर्मीलाइ संक्रमण देखिएपछी अब समुदायमा काेराेना संक्रमण भयावह हुने स्वास्थ्यकर्मीले विश्लेषण गरेका छन् । एक स्वास्थ्यकर्मीका अनुसार कन्ट्रयाक ट्रेसिङ मा समस्या हुने देखिन्छ । दमकमा समुदायमा कोरोना देखिन शुरु गरेको सातादिन भएपनि पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना सक्रमण देखिएको हो ।

याे फार्मेसी दमककै ठुलाे र ब्यस्त मध्ये मानिन्छ । संक्रमण देखिएसँगै त्यहाँ अाउने चिकित्सक र स्वास्थ्यकर्मीकाे पनि पीसीआर परीक्षणक लागि लगत लिने काम शुरु भइसकेको जनाईएको छ ।

दमक नगरपालिकाले कोरोना संक्रमण रोक्नका लागि दमकका अस्पताल तथा क्लिनिकहरुको ओपिडि सेवा पनि बन्द गर्न भनेको थियो ।