आसपास ठप्प हुदा गाैरादहमा जाेखिम बढयाे: जेवि कार्की अध्यक्ष गाै.उ.वा.संघ

सेयर गर्नुहोस्

मिलन अधिकारी

गाैरादह भाद्र ६,

गाैरादह उध्याेग बाणिज्य संघले काेराेनाकाे बढदाे जाेखिम कम गर्ने उद्धेश्यले गाैरादहमा संचालित व्यापार ब्याबसाय निश्चित समय ताेकेर संचालन गर्न सुचना जारि गरेकाे छ ।

संघले भाद्र ६ गतेबाट लागुहुनेगरि अाैषधि पसल , पशु स्वास्थ्य र दूध डेरि ब्याबसाय बाहेकका ब्यावसाय बिहानकाे १० बजेदेखि दिउसाे ४ बजेसम्म मात्र संचालन गर्ने निर्णय गरेकाे छ । संघले निर्णयकाे पुर्ण पालना गर्न तथा यसकाे खिलाफ गएमा जरिवाना समेत गर्ने जनाएकाे छ । यस निर्णयकाे सन्दर्भमा रहेर हामिले गाैरादह उध्याेग बाणिज्य संघका अध्यक्ष जेबि कार्की संग कुराकानी गरेका छाै । प्रस्तुत छ उहासंगकाे कुराकानि ।

गाैरादहमा संचालित ब्याबसाय संचालनमा समय निर्धारण गर्नु भएछ , याे गर्न किन अाबस्याक पर्याे ।

– धन्याबाद मिलन जी , पक्कैपनि हामिले अाज उध्याेग बाणिज्य संघ कार्यसमितिकाे पुर्ण बैठक बसेर गाैरादहमा संचालित ब्याबसाय काे लागि समय ताेकेका छाैं । याे हामिले हाम्राे अासपासका पालिकाहरुमा देखिएकाे काेराेना संक्रमण र यसले हाम्राे नगरमा पार्न सक्ने असरलाई मध्यनजर गरेर गरेका हाैं । यसले हाम्राे नगरलाई केहिहदसम्म सुरक्षित बनाउन मद्दत गर्नेछ साथै अाउदा दिनहरुमा परिस्थिति कस्ताे बन्छ त्यसकाे अाधारमा थप निर्णयहरु गर्दैपनि जानेछाैं ।

– तपाईंहरुले समय चाहिँ अपिस टायम जस्ताे बनाउनु भएछ , १०-४ काे बिचमा काेराेना नअाउने हाेर ? पनि भन्दैछन नी धेरैजनाले !

काेराेना संक्रमण जुनसुकै बेला पनि लाग्न सक्छ यसमा दुईमत छैन तर हामिले बिहान १० बजे र बेलुका ४ बजेपछिकाे भिडभाडलाई मध्यनजर गरेर याे निर्णय गरेका हाैं । यसबिषयमा हामिहरुबिच व्यापक छलफल समेत भएकाे छ । धेरै साथिहरुले पुर्ण रुपमै बन्द गर्नेकि भनेर प्रस्ताब समेत गर्नुभएकाे थियाे तर हामिले अासपास देखिएकाे संक्रमण र त्यसका कारण जनजिवनमा पारेकाे प्रभाबलाई मध्यनजर गरेर ब्याबसाय संचालनकालागि याे समय उपयुक्त हुन्छ भनेर राखेका हाैं ।

– जनजिबनलाई सहज बनाउदै ,जाेखिम कम गर्ने भन्नुभयाे अलिप्रष्ट प्रष्ट पारिदिनुन ?

हाे हाम्राे अासपासका सबै पालिकामा संक्रमण देखिएकाे अबस्था छ , गाैरादहमा तत्काल संक्रमित भेटिएका छैन । तरपनि हामिले जिम्मेवार भएर ब्याबसायलाई समय ताेकेर संचालन गर्ने निर्णय गरेका छाैं । यसकाे मुख्य उद्धेश्य भनेकाे जनजिवन पनि सहज बनाउने र ब्याबसाय पनि संचालन गर्नकालागी हाे । हामिले देखेका छाैं दमक नगरपालिकामा संक्रमण देखिए लगत्तै सम्पुर्ण ब्याबसाय ठप्पै पारियाे । यसले सर्वसाधारणकाे जनजिवनमै असर देखियाे , अरु जे भएपनि मानिसलाई खान त चाहियाे नी ! दमकमा अहिले दैनिक उपभाेग्य सामान पाउन समेत अप्ठ्याराे अबस्था छ । त्यसकाेलागी दमकबाट गाैरादह सम्म अाउने क्रमपनि बढदाे छ । यसले गाैरादहमा अझ जाेखिम बढाएकाे हामिले महसुस गरेका छाैं । यसले हाम्रा ब्याबसायि साथिहरुकाेमा भिडभाड बढेने र हाम्रा साथिहरु संक्रमित हुनसक्ने अबस्था अाउन सक्छ भनेर हामिले त्यसलाई कम गर्न खाेजेका हाैं । यसले सुरक्षाका उपाय अपनाएर ब्याबसाय पनि संचालन भयाे , सर्वसाधारणले अाबस्याक सामानपनि पाउनुहुने भयाे ।

– गाैरादहलाई काेराेनाकाे जाेखिमबाट जाेगाउन याे निर्णय प्रभाबकारि हुन्छ भन्ने संघकाे ठम्याई हाे त ?

पक्कैपनि यसले केही हदसम्म जाेखिम घटाउँछ तर याे नै अन्तिम उपाय भने हैन । यसमा नगरपालिकाले पनि केही विशेष निर्णय गर्ला , हाम्राे समन्वयपनि भै रहेकाे छ नगरपालिका संग । तर हामिले हाम्राे कार्यक्षेत्र अन्तर्गत रहेर अाजकाे निर्णय गरेका हाैं । हाम्राेपनि याे नै अन्तिम निर्णय हैन , अाउदाे समय अनुसार हामी यसमा फेरबदल गर्दै जाने छाैं । हुनसक्छ भाेलिकाे समयमा पुर्ण बन्द गर्नुपर्ने अबस्थापनि नअाउला भन्न सकिदैन । काेराेनाकाे जाेखिम बढदाे छ , अझ हाम्राे छेउछाउमै अाई सकेकाे छ । सकेसम्म यसलाई कम गर्दै व्यापार ब्याबसाय संचालन गराैं र जनजिवन चलाउन पनि सहज बनाेस भन्ने हिसाबले हाम्राे टिम लागेकाे छ । अासा छ यसमा गाैरादहका अाम ब्याबसायि साथिहरु साथै नगरबासिहरुले हामिलाई पुर्ण साथ दिनुहुनेछ।