आज मात्रै दमकमा १६ संक्रमति थपिए

सेयर गर्नुहोस्

दमक, भदौ ६
दमकमा आज मात्रै १६ जनालाई कोरोना पोजेटिभ देखिएको छ । देखिएका मध्ये धेरै कर्मचारी रहेका छन् ।
नेपाल विद्युत प्राधिकरण दमकमा कार्यरत ६ जना कर्मचारीमा कोरोना देखिएको हो । यस्तै दमकको पाथिभरा होटल क्वारेन्टाइनमा बसेका ८ जना, एक जना समुदाय स्तरमा देखिएको दमक क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भट्टराईले पुर्व न्युजलाइ जानकारी दिए । यस्तै संक्रमण देखिएका एक जनाको भने कुन कार्यालयमा कार्यरत खुल्न बाकीँ रहेका छन् । आज संक्रमण देखिएका ३ जना महिला हुन भने अरु पुरुष रहेका छन् ।
संक्रमण देखिएका २१ देखि ५५ बर्ष उमेर समुहका छन् ।