दमकमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सेयर गर्नुहोस्
  • 4
    Shares

दमक। झापाको दमकमा समुदायका थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकाबाट पीसीआर परीक्षणका लागि पठाइएका २ सय २७ जनाको स्वाबको परीक्षणमध्ये १ सय ९७ जनाको परीक्षणको रिपोर्ट आएको र त्यसमा १ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो । उनी दमक–१ का ४७ वर्षीय पुरुष हुन् ।

उहाँका अनुसार संक्रमित पुरुष होम क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको कुनै ट्रभल हिस्ट्रि नभएको पनि उहाँले जानकारी दिनुभयो । सो लटको अन्य ३० जनाको रिपोर्ट आउन बाँकी रहेको पनि सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.