बुटवल काेराेना अस्पतालमा प्यूठानका एक संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्
  • 5
    Shares

रूपन्देही भदाै ५ । वुटवल काेराेना अस्पतालमा उपचाररत प्यूठानका एक काेराेना संक्रमितकाे शुक्रबार विहान मृत्यू भएकाे छ । प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ बर्षिय पुरूषकाे मृत्यू भएकाे लुम्बिनि प्रादेशिक अस्पताल बुटवलका सुचना अधिकारी डा विष्णु गाैतमले जानकारी दिए । उनका अनुसार साउन ३० गते काेराेना पुष्टि भएका ६४ बर्षिय पुरूष भदाै १ गते अस्पतालमा भर्ना भएका हुन । बुटवलमा उपचाररत कोरोना भाइरसको संक्रमित १ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार प्युठान स्वर्गद्वारी नगरपालिका ७ का ६४ वर्षीय पुरुषको आज शुक्रबार बिहान मृत्यु भएको हो। भारतकाट राेजगारी गरेर फर्केका मृतक नपालिकाले बनाएकाे क्वारेन्टिनमा बसेका थिए । काेराेना संक्रमण पुष्टि भएपछि खाेकि, ज्वराे र श्वासप्रशवासमा समेत समस्या देखिपछि प्यूठानबाट बुटवल स्थित काेराेना अस्पताल ल्याईएकाे थियाे । “अाईसियुमा राखेर उपचार गरिएका उनकाे शुक्रबार विहान एक्कासि समस्या देखियाे, विहान साढे ६ बजे मृत्यू भयाे ” सुचना अधिकारी गाैतमले भने । दम र उच्च रक्तचापको बिरामी समेत रहेकाे अस्पतालले जनाएकाे छ । याे सहित काेराेना अस्पतालमा मृत्यू हुनेकाे संख्या ३ पुगेकाे छ । बुटवल काेराेना अस्पतालमा अहिले ११ जना अाईशाेलेशनमा उपचाररत छन ।

Leave a Reply

Your email address will not be published.