मङ्गलवारे अस्पतालको इमरजेन्सी कक्ष शनिवार सम्म बन्द

सेयर गर्नुहोस्

पथरी : मोरङको उर्लाबारी स्थित मङ्गलवारे अस्पतालको इमरजेन्सी कक्ष शनिवार सम्म बन्द गरिने भएको छ ।

मङ्गलवारे अस्पतालमा उपचारका लागी आएका कानेपोखरी ४ का वृद्धमा करोना पोजेटिभ भएको पाइएपछि अस्पतालको अति आवश्यक सेवा शुक्रवार र शनिवार बन्द गरिने भएको हो ।

अस्पतालले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पताल सेनिटाइज गर्न अस्पतालको अति आवश्यक सेवा समेत बन्द गरिएको जनाएको छ ।

उच्च ज्वरो आएपछि साउन ३२ गते मङ्गलवारे अस्पतालमा उपचारका लागी आएका ती वृद्धमा बुधवार करोना पोजेटिभ पाइएको छ ।

विराटनगरमा स्वाब परीक्षण गरेका उनको करोना पोजेटिभ आएसँगै इमरजेन्सी कक्षको कोठा तथा शय्या लगायतमा समेत सङ्क्रमणको उच्च जोखिम रहेकोले बिहीबार दिउसो ३ बजे देखि शनिवार सम्म अति आवश्यक सेवा बन्द गरिएको हो ।

अस्पतालमा कोरोनाको सङ्क्रमण फैलने त्रासका कारण सेनिटाइज गर्न लागिएको अस्पतालले जनाएको छ । अस्पतालको इमरजेन्सी विभाग मात्रै बन्द रहने र अन्य सेवा सुचारु हुने जनाइएको छ ।