विराटनगर, भदाै ५
विराटनगर-६ सरोचियास्थित ४५ बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
घरकै होम आईशोलेशन बसेकी संक्रमित महिलाको बिहीबार राती ८ बजे मृत्यु भएको हो । भदौ ३ गते मृतक महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगर महानगरपालिका र प्रदेश सरकारले बनाएको आईशोलेसन खाली नभएपछि संक्रमित महिला घरकै होम आईशोलेसनमा बसेकी थिईन् ।
दिर्घरोगी समेत रहेकी संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको वडा नं. ६ का वडाअध्यक्ष विजय कामतले बताए । घरकै होम आईशोलेसनमा कोरोना संक्रमितको मृत्यु भएको यो प्रदेशकै पहिलो घटना हो ।
कोरोना बिशेष अस्पतालहरुमा आईशोलेसन बेडको अभाव हुँदा विराटनगर महानगरपालिका भित्र ७ सय ४५ जना कोरोना संक्रमितहरु मध्ये ३ सय ४१ जना होम आईशोलेसनमा छन् ।
विराटनगरमा भने कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।