दमकका संक्रमित हाेम आइसिलेसनमा

सेयर गर्नुहोस्
  • 5
    Shares

झापा, भदाै ४

झापाको दमकमा कोरोना संक्रमण पुस्टी भएका २२ जना होम आइसिलेसन र क्वारेन्टाइनस्थलमा बनाइएका आइसोलेसन कक्षमा उपचाररत छन ।

दमक नगरपालिकाको स्वास्थ्य शाखा श्रोतका अनुसार संक्रमण पुष्टि भएपनि उनीहरुलाई चिकित्सकहरुको सल्लाह अनुसारनै होम आईसिलेसन र केहीलाई क्वारेन्टाइनमा छुट्टै आईसोलेसन कक्षमा राखिएको हो ।

यसैबीच दमकको मालपोत कार्यालयका एक कर्मचारीमा बिरगंजमा केही दिन अघि गरिएको परिक्षणका क्रममा संक्रमण देखिएको बताइएको छ । ति सन्क्रमितलाई हिजोनै बिरगंजबाट फोन मार्फत रिपोर्ट पोजिटिभ आएको जानकारी गराइएको बताइएको छ ।

यसैगरी गौरीगन्जका एक युवकमा संक्रमण देखिएपछि गाउँपालिकाले वार्ड नम्बर ३, ४ र ५ शिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । आज बसेको आकस्मिक बैठकले पुर्वमा किस्नी खोला, पश्चिममा रतुवा , उत्तरमा गौरादह र दक्षिणमा भारत सम्मकोक्षेत्रमा निषेधाज्ञाका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने पनि निर्णय लिएको हो । (निष्कर्ष न्युज)

Leave a Reply

Your email address will not be published.