कोरोनाको त्रासः गौरादहमा स्वघोषित बन्द, स्थानिय सरकार बेखबर !

सेयर गर्नुहोस्

मिलन अधिकारी

गाैरादह, भदाै ४

गौरादह नगरपालिकामा कतै लकडाउन त कतै लकडाउन खोलिएको छ । गौरादह वडा नम्वर ९ बैगुन्धुरामा बजार व्यस्थापन समितिले स्थानिय सरकार भन्दा एक कदम अगाडि बढेर बजार ,पसल बन्द गर्ने निर्णय गरेको छ । यस्तै बित्तिय संस्था भने समय तालिका अनुसार खोल्न भनेको छ ।

स्थानीय सरकारसँग समन्वय नभइ र उद्योग वाणिज्य संघ सँग समान्य परामर्श समेत नभइ बन्द गरिएको हो । गौरादहको वडा नम्वर ९ बैगुन्धुरा बजार आज राती १२ बजे देखि पुर्ण शिल गरिने भएको छ । छिमेकी स्थानीय तहमा कोरोना संक्रमण बढेको भन्दै बैगुन्धुरा बजार ब्यवस्थापन समितिले स्वाघोषित रुपमा बजार पुर्ण बन्द गर्ने निर्णय गरको हो । समितिले ३ दिन अगाडिनै सुचना गर्दै भदौ ४ गते राती १२ बजेदेखि भदौ ११ गते सम्मकोलागी बजार, पसल पुर्ण रुपमा बन्द गर्ने र बजार क्षेत्रमा संचालित बैंक तथा बित्तिय संस्थाहरु बिहान १० बजेदेखि दिउसो २ बजेसम्म मात्र संचालन गर्ने निर्णय गरेको बजार ब्यवस्थापन समितिका सचिव बिमल न्यौपानेले बताए ।
ब्याबस्थापन समितिबाट सो बेहोराको सुचना प्रकाशन भएपनि वडा कार्यलयले अनबिज्ञता प्रकाट गरेको छ । वडा नम्बर ९ का वडा अध्यक्ष सिताराम भट्टराईले बजारबासिले नजिकै आएको जोखिमको आंकलन गरेर बन्द गर्ने निर्णय गरेको हुनसक्ने बताए । उनले सुचना निकालिएको थाहा पाएपनि आफु तत्काल स्वास्थ्यको कारण वडाको गतिबिधिमा सहभागी नभएको बताए ।
नगरपालिकाका प्रबक्ता नगेन्द्र भण्डारिले गौरादहमा ५ जनालाई संक्रमण देखिए लगत्तै सिल गरिएका क्षेत्र बाहेक अन्य निर्णय नभएको बताएका छन । तर बैगुन्धुरा त बन्द गर्ने निर्णय भएछ नी ? भन्ने हाम्रो प्रश्नमा भण्डारिले आफुले पनि सुनेको तर नगरको आधिकारिक निर्णय नभएको बताए ।
गौरादह उध्योग बाणिज्य संघका अध्यक्ष जेबी कार्कीले वाणिज्य संघ सँग कुनै हिसाबले समन्वय नभएको बताए । उनले भने “स्थानिय साथिहरुले निर्णय गर्नु भएको रहेछ तर हामीहरुलाई थाहा दिईएन ।“ कार्किका अनुसार बजारका सम्पुर्ण व्यवसायीहरुले मिलेर बन्द गर्ने निर्णय गरिएको भनिएपनि बन्द गर्ने र नगर्ने भन्ने बिषयमा आपसमा बिवाद रहेको छ । यसको छलफलका लागि शुक्रवार ११ बजे उध्योग बाणिज्य संघमा दुबै पक्ष राखेर बैठक गर्न लागिएको अध्यक्ष कार्कीले जानकारि दिए ।
यस्तै शिल गरिएका वडाले काम थाल्ने भएका छन् । गौरादह वार्ड नम्बर ५ ले नगर भित्रका टोलमा गरिएको परिक्षणका क्रममा नेगेटिभ आएपछी गौरादह ५ को सबै सेवा शुक्रवार देखि शुरु हुने बताएका हुन् ।