ट्राभल्स हिष्ट्रि नभएका गौरीगञ्जका पुरुषमा काेराेना

Gaurijung
सेयर गर्नुहोस्
  • 5
    Shares

झापाको गौरीगञ्जमा ट्राभल हिस्ट्री नभएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं ६ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार सो वडाका ३० बर्षिय एक पुरुषमा संक्रमण देखिएको हो । उनको ट्राभल हिस्ट्री नभएको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाए । उनी सहित प्रदेश १ मा बिहीबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा संक्रमण पुष्टि भएकाहरुमा १३ महिला छन् ।
झापामा १ , सुनसरीमा १२, मोरङमा १०, ते¥हथुममा ९, उदयपुरमा ३, धनकुटामा १ तथा प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ । प्रदेशबाट बिहीबार कोरोनामुक्त भई १८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा बिहीबार १ हजार ५ सय ७ पीसीआर परीक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published.