माई खोलाले बगाएर बेपत्ता भण्डारी मृत भेटिए

सेयर गर्नुहोस्

झापा, भदाै ४
सानो माई खोलाले बगाएर बेपत्ता भएका झापा गाउँपालिका–२ झापाका १५ वर्षीय राजु भण्डारी मृत फेला परेका छन् ।

बुधवार साँझ ७ बजेको समयमा सानो माईमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका बालकको खोज तलास गर्ने क्रममा विपद व्यवस्थापन गुल्म चन्द्रगढीबाट खटिएको प्रहरी टोलीले आज बिहीबार बिहान साढे ६ बजे बगाएको स्थानभन्दा करिब ५० मिटर दक्षिण मृत फेला पारेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।