विराटनगर, भदाै ४
समुदायस्तरमा कोरोना संक्रमण देखिएको विराटनगरमा तीनवटा बैंकका कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।
बुधबार नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकका एकजना कर्मचारीलाई संक्रमण देखिएसँगै कोरोना संक्रमण देखिएको बैंकको संख्या तीन पुगेको हो । यसअघि मेघा बैंक र सिभिल बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।
विराटनगर महानगरपालिकाका अनुसार बुधबार संक्रमण पुष्टि भएका एनसीसी बैंकको प्रदेश शाखामा कार्यरत कर्मचारी हुन् । यसअघि मेघा बैंकका एकजना, सिभिल बैंकका दुईजनामा संक्रमण देखिएको थियो ।
सिभिलमा संक्रमण पुष्टि भएका दुईमध्ये एकजना प्रदेश कार्यालय र अर्का विराटनगर शाखा प्रमुख हुन् । विराटनगरमा कोरोना संक्रमितकाे संख्या ७४१ छ । तीमध्ये ९३ जना कोरोनामुक्त भएका छन् ।