देउसी खेलेर चौतारो निर्माण

सेयर गर्नुहोस्

गौरादह, भदौ ४

झापाको गौरादह १ स्थित गुरुदेब चिउरा मिल अगाडि साझा चौतारो निर्माण गरिएको छ । तिहारमा देउसी भैलो खेलेर संकलित रकमले चौतरो निर्माण गरिएको हो ।
चौताराको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाह, उपप्रमुख गिता भेटवाल, वार्ड अध्यक्ष नगेन्द्र भण्डारीले उद्घाटन गरे । अध्यक्ष भण्डारीका अनुसार ९८ हजार रुपैयाँको लागतमा गौमता टोल विकास सििमत अन्र्तगतको निलगिरीबासीको सकृयतामा निर्माण गरिएको हो ।

अपुग रकम स्थानियले नै थप गरेर निर्माण गरेको निर्माण समितिका अध्यक्ष दुर्गा आचार्यले जानकारी दिए । उनले सामुहिक भावनाले निर्माण गरिएको र बाटोमा हिड्नेलाई सहज बनाउने उद्देश्य राखेको बताए ।