पिसिआर ल्याबले पायाे स्वीकृति, मेची अस्पताल मातहत रहने

सेयर गर्नुहोस्

झापा, भदाै ३
एकका लागि एक अभियानले झापा कनकाईको समर्पण भवनमा स्थापना गरेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबले स्वीकृति पाएको छ ।

कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार मेची अञ्चल अस्पतालको मातहतमा रहनेगरी ल्याब सञ्चालनमा आउने भएको हो । अभियानले ल्याब स्थापना गर्नुअघि नै अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेची अस्पतालकै मातहतमा ल्याब सञ्चालनका लागि स्वीकृति दिएको हो । यस अघि साउन १७ गते ल्याब मेची अस्पताललाइ हस्तान्तरण गर्ने सहमति सँगै मेची अस्पतालले स्वामित्व लिएकाे हाे । अस्पतालका लागि चाहिने जनशक्ति कन्काइ नगरपालिकाले व्यवस्थापन गर्ने छ । अभियानले जनस्तरबाट एक करोड रुपैयाँ संकलन गरेर ल्याब स्थापना गरेको हो । सो ल्याबले २४ घण्टामा ४५० परीक्षण क्षमता राख्दछ ।